Published Date : 2019-05-23 (Modified Date : 2019-05-23)
सार्वजनिक निर्माण कार्य सञ्चालन गर्ने दक्ष निर्माण व्यवसायीहरु शुन्य प्रायः रहेको तत्कालीन अवस्थामा वि.सं. २०१८ साल भाद्र ५ गते प्राइभेट कम्पनीको रुपमा "द नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल प्रा.लि." को स्थापना भएको थियो । नेपाल सरकारको ५१% र इजरायलको प्रख्यात कम्पनी सोलेल वानेहा (Solel Boneha Co.) को ४९% गरी कूल रु. ३० लाखको संयुक्त शेयर लगानीमा यस कम्पनीको स्थापना भएको हो।  कम्पनीको अधिकृत पुँजी रु.१० करोड तथा जारी एवं चुक्ता पुँजी रु. ६ करोड कायम भएको थियो । वि.सं.२०२५ सालमा सरकारले यस कम्पनीको पूर्ण स्वामीत्व प्राप्त गरी "नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल (N.C.C.N)" नामाकरण गरी कम्पनी ऐन, २०२१ अन्तर्गत संचालित गराउदै आईरहेको  थियाे।
 
नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल (N.C.C.N) लि ले उद्देश्य अनुसारकाे काम कारबाही बढाउन नसकी लामो समय देखि निस्क्रिय अवस्थामा रहेको कारण  साे कम्पनी मिति २०७१/४/२२ को मन्त्रिपरिषद्को निर्णयानुसार खारेज भएको छ।

Contact Info

Ministry of Physical Infrastructure and Transport

SinghaDurbar, Kathmandu, Nepal

Phone : +977-1-4211732/ 4211931/4211655/ 4211603/ 4211880

Fax :+977-1-4211720

Email: info@mopit.gov.np

WEB : www.mopit.gov.np

Site Visited

site visit