महाशाखा प्रमूख
सहसचिव (ई.) : श्री कृष्ण राज पन्थ
पूर्वाधार निर्माण तथा यातायात महाशाखा
- स्थल, जल, रेलवे, रज्जुमार्ग तथा यातायात व्यवस्था सम्बन्धी आयोजनाहरु सम्बन्धित निकाय तथा महाशाखाहरु संग समन्वय गरी आयोजनाको निर्माणमा आवश्यक समन्वयन गर्ने/गराउने ।
- मन्त्रालय अन्तर्गत चालु रहेका विभिन्न आयोजनाहरुको प्राबिधिक पक्ष र लगानीको प्रभावकारिता सम्बन्धमा तथा आयोजनाको समष्टिगत गुणस्तर बारे Feedback लिई आवश्यक सुधारका लागि ठोस कदमहरु चाल्न राय परामर्श पेश गर्ने /गराउने ।
- नेपाल ईन्जिनियरिङ कन्सल्टेन्सि सर्भिसेज, नेशनल कन्स्ट्रक्शन कम्पनी तथा नेपाल मल्टीमोडल ट्रान्जीट र ट्रेड विकास समिति सम्बन्धी आवश्यक समन्वय गर्ने गराउने ।
- आवश्यकता अनुसार ऐन नियम तथा नीति तर्जुमा तथा हेरफेर गर्नको लागि राय प्रतिक्रिया पेश गर्ने ।
- नेपाल इन्जिनियरिङ काउन्सिल तथा नेपाल इन्जिनियरङ्ग एसोसियसन सम्बन्धी सम्पर्क समन्वय गर्ने
यातायात व्यवस्था शाखा:
- यातायात सेवा तथा परिवहन व्यवस्थापन तथा संचालन सम्बन्धमा नीति तथा योजना सम्बन्धी कार्यहरु गर्ने ।
- यातायत व्यवस्था सम्बन्धी निकाय र संस्थाहरु संगको संपर्क र समन्वय गर्ने ।
- यातायात सेवा व्यवस्थापन सम्बन्धमा अनुगमन र निरीक्षण गर्ने ।
- स्थलमार्गमा चल्ने सवारी साधनको अभिलेख व्यवस्थापन गर्ने ।
- वातावरण मैत्री सवारी साधन सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने ।
- सवारी प्रदुषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कार्य गर्ने ।
- छिमेकी राष्ट्रहरुसंगको यातायात सेवा सम्बन्धी ।
सडक तथा जल यातायात शाखा:
- स्थलमार्ग, जलमार्ग र रेल निर्माण सम्बन्धी नीति निर्धारण, अनुगमन, अध्ययन, अनुसन्धानमा समन्वय गर्ने ।
- नेपाल ईन्जिनियरिङ परिषद् सम्बन्धी कार्य गर्ने ।
- मल्टीमोडल ट्रान्जीट सम्बन्धित विषयमा माथिल्लो निकायसंग सहयोग लिइ कार्य सम्पादन गर्ने ।
रेल्वे व्यवस्था शाखा:
- रेलमार्ग निर्माण सम्बन्धी नीति निर्धारण, अनुगमन, अध्ययन, अनुसन्धान समन्वय गर्ने ।
- रेलमार्ग सम्बन्धी निकाय र संस्थाहरुसँगको सम्पर्क र समन्वय गर्ने ।
- आवश्यकता अनुसार रेलमार्ग निर्माण तथा सञ्चालन सम्बन्धी ऐन, नियम तर्जुमा र हेरफेर सम्बन्धी कार्य गर्ने ।
- रेलमार्ग सम्बन्धी आयोजनाहरुको पहिचान सम्बन्धी कार्य गर्ने ।
- रेल सञ्चालनको अनुगमन तथा नियमन गर्ने ।