कार्यक्षेत्र
नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७२ बमोजिम यस मन्त्रालयलाई देहायका कार्यहरु गर्नेगरी कार्यक्षेत्र निर्धारण गरिएको छः
-
भौतिक पूर्वाधारको विकाससम्वन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्यवन, अनुगमन र मूल्याङ्कन।
-
यातायात (हवाई यातायातबाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसम्वन्धी नीति, योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन।
-
स्थलमार्ग, जलमार्ग, रेलमार्ग, सव-वे, फ्लाइओभर र रज्जुमार्गको निर्माण तथा विकाससम्वन्धी नीति र योजनाको नियमन, स्वीकृति तथा कार्यान्वयन।
-
रणनीतिक सडक (गोरेटो/घोडेटो बाटो र स्थानीय सडकबाहेक) तथा पुल (झोलुङ्गे पुलबाहेक) को निर्माण, मर्मत, सम्भार तथा संरक्षण।
-
स्थलमार्ग तथा रज्जूमार्गको निर्माणसँग सम्वन्धित अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क।
-
यातायात (हवाई यातायातबाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसँग सम्वन्धित, कम्पनी तथा सङ्गठन।
-
यातायात (हवाई यातायातबाहेक) सेवा नियमन, व्यवस्थापन र सञ्चालनसँग सम्वन्धित अन्तर्राष्ट्रिय संस्था तथा निकायसँग सम्पर्क सम्वन्धी कार्य।
-
यातायातसम्वन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण।
-
सडक बोर्डलगायत सडक, रेल तथा यातायात व्यवस्थासम्वन्धी अन्य निकाय।
-
नेपाल इन्जिनियरिङ तथा इन्जिनियरिंग परामर्श सेवा (कन्सल्टेन्सी) र सो सम्बन्धी संस्था।
-
रेलमार्ग, मेट्रो निर्माण सञ्चालन र सम्भार।
-
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिंग समूहको हाईवे र रेल उपसमूहको सञ्चालन ।