NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा आमै - ३०

परिचय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्थापना राष्ट्रिय लोकमार्ग, राष्ट्रिय रेलमार्ग, जलमार्ग लगायत देशका प्रमुख भौतिक पूर्वाधारहरूको विकास गर्ने उद्देश्यले भएको हो।यस मन्त्रालयले राष्ट्रिय यातायात विकास र सडक सुरक्षा सम्बन्धी काम पनि गर्दछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल सरकारको एक महत्वपूर्ण मन्त्रालय हो । यस मन्त्रालयले देशका विभिन्न भौगोलिक क्षेत्रहरूलाई राष्ट्रिय यातायात सञ्जाल मार्फत जोडेर देशको आर्थिक र सामाजिक विकासलाई अभिवृद्धि गर्ने जिम्मेवारी लिएको छ। यस मन्त्रालयले राष्ट्रिय यातायात, राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो, राष्ट्रिय लोकमार्ग, जलमार्ग, फ्लाईओभर जस्ता भौतिक पूर्वाधारहरूको विकाससम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्नु, र यसको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र निरीक्षण जस्ता कार्यहरू गर्नु यस मन्त्रालयको मुख्य भूमिका रहेको छ।

यस मन्त्रालयले वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन गर्नुका साथै सडक प्रविधिको विकास सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने काम पनि गर्दछ । यस मन्त्रालय अन्तरगत विभिन्न महाशाखा, शाखा, विभाग र कार्यालयहरु रहेका छन् ।

यस मन्त्रालयका महाशाखाहरु :

यस मन्त्रालय अन्तर्गतका विभागहरू :

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रदान गरिने सेवा :