परिचय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्थापना राष्ट्रिय लोकमार्ग, राष्ट्रिय रेलमार्ग, जलमार्ग लगायत देशका प्रमुख भौतिक पूर्वाधारहरुको विकास गर्ने उद्देश्यले भएको हो।यस मन्त्रालयले राष्ट्रिय यातायात विकास र सडक सुरक्षा सम्बन्धी काम पनि गर्दछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल सरकारको एक महत्वपूर्ण मन्त्रालय हो । यस मन्त्रालयले देशका विभिन्न भौगोलिक क्षेत्रहरुलाई राष्ट्रिय यातायात सञ्जाल मार्फत जोडेर देशको आर्थिक र सामाजिक विकासलाई अभिवृद्धि गर्ने जिम्मेवारी लिएको छ। यस मन्त्रालयले राष्ट्रिय यातायात, राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो, राष्ट्रिय लोकमार्ग, जलमार्ग, फ्लाईओभर जस्ता भौतिक पूर्वाधारहरूको विकाससम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्नु, र यसको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र निरीक्षण जस्ता कार्यहरु गर्नु यस मन्त्रालयको मुख्य भूमिका रहेको छ।

       यस मन्त्रालयले वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन गर्नुका साथै सडक प्रविधिको विकास सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने काम पनि गर्दछ । यस मन्त्रालय अन्तरगत विभिन्न महाशाखा, शाखा, विभाग र कार्यालयहरु रहेका छन् ।

यस मन्त्रालयका महाशाखाहरु :

  • प्रशासन महाशाखा
  • योजना, अनुगमन तथा मूल्यांकन महाशाखा
  • पूर्वाधार निर्माण तथा यातायात महाशाखा
  • विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा

यस मन्त्रालय अन्तर्गतका विभागहरु :

  • सडक विभाग
  • यातायात व्यवस्था विभाग
  • रेल  विभाग
  • नेपाल पानी जहाज कार्यालय

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट प्रदान गरिने सेवा :

  •      स्थलमार्ग, जलमार्ग, तथा रेल्वेको निर्माण र विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन  गर्ने गराउने ।
  •      सडक (घोडेटो बाटो बाहेक) तथा पुल (झोलुङ्गे पुल बाहेक) निर्माण, मर्मत संभार एवं संरक्षण सम्बन्धी काम गर्ने ।
  •      विभिन्न स्थलमार्ग र जलमार्गहरुको निर्माण सम्बन्धी कार्य गर्ने ।
  •      भौतिक योजना क्षेत्रहरुका अन्तराष्ट्रिय वा क्षेत्रीय संघ संस्थाहरुसँग सम्पर्क र सहयोग सम्बन्धी कार्य गर्ने ।
  •      स्थलमार्ग तथा जलमार्गको निर्माणसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थाहरुको सम्पर्क सम्बन्धी कार्य गर्ने ।
  •     नेपाल इन्जिनियरिङ सेवाको हाईवे उपसमूह, सम्बन्धी नियुक्ति, सरुवा, बढुवा शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यता निर्धारण तथा विभागीय कारवाही  आदि  सम्बन्धी कार्य गर्ने ।