महाशाखाहरु

Administration Division

महाशाखा प्रमूख

सहसचिव : श्री रघुराम बिस्ट  

प्रशासन महाशाखा

 

  • मन्त्रालय तथा अन्तर्गत सबै निकायहरुमा काम सुचारु रुपले संचालन गर्न संगठनात्मक स्वरुप तथा कार्य प्रक्रिया सम्बन्धी अध्ययन विश्‍लेषण गरी नीतिगतरुपमा राय पेश गरी स्वीकृत भई आए बमोजिमको व्यवस्था गर्ने
  • मन्त्रालय तथा अन्तर्गत कार्यालयहरुमा आवश्यक जनशक्तिको व्यवस्थाको क्रममा दरवन्दी सृजना, रिक्त पद पूर्ती सम्बन्धमा पेश गर्ने ।
  • मन्त्रालयको प्रचलित ऐन नियम नीति अध्ययन गरी संशोधन परिमार्जन गर्नु पर्ने भएमा राय साथ पेश गर्ने।
  • मन्त्रालय र अन्तर्गत निकायहरुका कर्मचारीहरु कर्मचारी प्रशासन सम्वन्धी पेश भएका फाइलहरुमा राय सहित सचिव समक्ष पेश गर्ने र निर्णयानुसार कार्यहरु सम्पादन गर्ने गरउने ।
  • मन्त्रालयको लागि बजेट माग गर्ने, केन्द्रिय तथा कार्य संचालन स्तरको लेखा संचालन र लेखा परीक्षणको व्यवस्था गर्न लगाउने ।
  • विभिन्न मन्त्रालय, विभाग तथा कार्यलयहरुबाट मागिएको परामर्शमा राय दिने वा आवश्यकता अनुसार राय सहित पेश गरी निर्णयानुसार जानकारी दिने व्यवस्था मिलाउने ।
  • मन्त्रालयलाई आवश्यक बजेट भौतिक सामाग्री र जनशक्तिको नियमित आपूर्तिको व्यवस्था मिलाउने ।
  • महाशाखा बीच समन्वय कायम गर्ने र शाखा महाशाखाबाट भइरहेको कामहरुको समन्वय र सुपरीवेक्षण गर्ने/गराउने ।
  • अधिनस्थ कार्यको प्रगती विवरण तयार गराई आवश्यक निर्देशन दिने र सचिव समक्ष राय सहित पेश गर्ने ।
  •   स्वदेशी तथा बिदेशी तालिम सम्बन्धी मनोनयनमा छात्र बृति वितरण आदी पेश भएका विषयहरुमा प्रचलित ऐन नियम, परिपत्र र कायम भएको नीति बमोजिम गर्ने गराउने ।
  • बेरुजु फर्छ्यौट गतिबिधि सम्बन्धमा रेखदेख गरी आवश्यक निर्देशन दिने ।
  • तोकिए बमोजिमको रकमान्तर खर्चको स्वीकृती, ठेक्का पट्टा सदर बदर तथा लिलाममा बिक्रि र मिनाह सम्बन्धी कार्यहरु गर्ने ।
  • स्टोर निरीक्षण गराउने र प्राप्त प्रतिवेदन अनुरुप आवश्यक कारवाही गराउने ।
  • आफ्नो महाशाखा अन्तर्गतका विषयमा मन्त्रिपरिषद्‍मा पेश हुने प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने ।
  • भौतिक सामाग्री, भवन, सवारी साधन आदीको संरक्षण, संभार, मर्मत आदी विषयमा रेखदेख नियन्त्रण समन्वय गर्ने ।
  • अधिनस्थ कर्मचारीको काममा मार्ग दर्शक भुमिका निर्वाह गरी कर्मचारिहरुको सुपरीवेक्षण र आवश्यकता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने

 

आन्तरिक व्यवस्थापन शाखाः

  • कर्मचारीहरुको आन्तरिक खटन पटन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
  • मन्त्रालयको लागि आवश्यक परिवहन एवं संचार संयन्त्रको व्यवस्थापन गर्ने ।
  • मन्त्रालयको लागि आवष्यक सवारी  साधन, मेशिनरी औजार तथा जिन्सी सामनहरुको खरिद, भण्डारण, आपुर्ती मर्मत, सम्भार, जिन्सी निरीक्षण तथा लिलाम बिक्रिको व्यवस्था गर्ने ।
  • मन्त्रालयको सुरक्षा तथा सरसफाइको प्रवन्ध गर्ने ।
  • मन्त्रालय र अन्तर्गत निकायबाट संचालित आयोजनाहरुको अस्थायी/अस्थायी: स्थायी र विकास तर्फको दरवन्दी सृजना समबन्धी कार्यगर्ने ।
  • कर्मचारी बैठक आयोजना गर्ने र सोको निर्णय कार्यान्वयन गर्ने/गराउने ।
  • कर्मचारीहरुको पुरस्कार र दण्ड समबन्धी कार्य गर्ने/गराउने ।
  • उजुरी सम्बन्धी कार्यहरू गर्ने ।
  • सम्पती विवरण सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालयको सबै कर्मचारीहरु र यस मन्त्रालय अन्तर्गतका रा.प. अधिकृतहरुको कार्य संपादन मूल्यांकन सम्बन्धी कार्य गर्ने ।

 

कर्मचारी प्रशासन शाखा:

  • मन्त्रालय वा अनतर्गत कार्यलयहरुको  आवश्यक जनशक्तिको संख्या निर्धारण गरी नपुग भएमा पद प्रकृया पूरा गरी निर्णय बमोजिम सम्बन्धित निकायहरुमा सहमतिको लागि लेखि पठाउने ।
  • नेपाल सरकारको निर्णय बमोजिम स्वीकृत दरबन्दीहरु निजामती कितावखानामा दर्ता गराउने ।
  • मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेको पद पूर्तिको लागि सम्बन्धित निकायमा माग गर्ने र पद पूर्तिको लागिनियमानुसार छनौट भई आएका कर्मचारीहरुलाई नियुक्ति, बढुवा तथा पदस्थापन गर्न कारवाही चलाई स्वीकृति बमोजिम कारवाही गर्ने ।
  • मन्त्रालय अन्तर्गत कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा, तालिम, पुरस्कार, राजिनामा वा अन्य कर्मचारी प्रशासन सम्बन्धी पेश भएका बिषयहरुको आधिकारिक राय सहित पेश गरी निर्णय बमोजिमको कार्य गर्ने/गराउने ।
  • आवश्यक अनुसार विभागीय कारवाही सम्बन्धी कारवाही शुरु गर्ने र निर्णयानुसार कारवाही गर्ने वा सम्वन्धित निकायमा लेखी पठाउने ।
  • मन्त्रालय वा अन्तर्गतका पदाधिकारूहरुलाई निमित्त, कायम मुकाम, काज सम्बन्धी कारवाही गरी निर्णयानुसार सम्वन्धित निकायमा लेखी पठाउने ।
  • मन्त्रालयको राजपत्राङ्कित तथा राजपत्र अनङ्कित समपूर्ण कर्मचारीहरुको विवरण तथा दरवन्दी अभिलेख अद्यावधिक राख्ने ।
  • मन्त्रालयका कर्मचारी सरुवा भइ अन्यत्र कार्यालयमा गएमा व्यक्तिगत फाईल सम्वन्धित कार्यलयमा पठाउने व्यवस्था गर्ने ।
  • मन्त्रालय वा अन्तर्गत कार्यालयका कर्मचारीहरुको हाजिरी, गयल, विदा रेकर्डको अभिलेख अद्यावधिक राख्‍न लगाउने ।
  • अधिनस्थ कार्यको कार्य प्रगति प्रतिवेदन तयार गरी पेश गर्ने ।
  • बिदेशी छात्रवृति र अध्ययन भ्रमणका लागि उमेदवार छनौट गर्ने निर्णयार्थ पेश गर्ने ।
  • बिदेशमा अध्ययन वा तालिममा जाने, फर्कने व्यक्तिहरुको विवरणहरु दुरुस्त राख्‍ने, राख्‍न लगाउने ।

 

आर्थिक प्रशासन शाखा:

  •  मन्त्रालय र अन्तर्गत निकायको वार्षिक बजेट तयार गरी पेश गर्ने ।
  • अख्तियारी बाँडफाँड सम्बन्धमा पेश गर्ने ।
  • स्वीकृत बिनियोजना बमोजिम बजेट खर्चका लागि पेश गर्ने ।
  • धरौटी राजश्व सम्बन्धी विवरण अद्यावधिक राख्‍ने ।
  • केन्द्रिय लेखा तयार गर्ने ।
  • लेखा परीक्षण गराउने ।
  • मातहत निकायको आर्थिक प्रशासन सम्बन्धी कार्यको अनुगमन गर्ने ।
  • बेरुजुको अभिलेख राख्‍ने र बेरुजु फर्छ्यौट सम्बन्धी कार्य गर्ने ।
  • शाखासंग सम्बन्धित कार्यको प्रगति विवरण तयार गर्ने ।

 

कानून तथा फैसला कार्यान्यवन शाखा:

  • ऐन, नियम, गठन आदेश, बिनियमको मस्यौदा गर्ने, मस्यौदा परिमार्जन गर्ने र आवश्यक कार्यको लागि अघि बढाउने ।
  • विभिन्न विषयमा मन्त्रालय र अन्तर्गत बिभाग, कार्यालयलाई आवश्यक कानुनी राय परामर्श दिने ।
  • मन्त्रालयको तर्फबाट लिखित जवाफको मस्यौदा एवं प्रतिउत्तर तयार गर्ने ।
  • कानुनी प्रतिरक्षाको कारवाही गर्ने ।
  • मन्त्रालयको तर्फबाट गरिने बार्ता, संझौता आदीमा सहभागी हुने, बार्ताका बुँदा तयार गर्ने, संझौताको मस्यौदा मरिमार्जन गर्ने ।
  • मन्त्रालयको तर्फबाट नेपाल राजपत्रमा प्रकाशन गरिने सूचनाहरुको मस्यौदा तयार गरी परिमार्जन सहित सम्पादनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने ।
  • सम्पादित सूचनाहरु प्रकाशनका लागि मुद्रण विभागमा पठाउने ।
  • अदालबाट भएका फैसला कार्यान्वयन संवन्धी कार्य गर्ने ।