काम कर्तब्य र अधिकार

कार्यक्षेत्र

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४  बमोजिम यस मन्त्रालयलाई देहायका कार्यहरु गर्ने गरी कार्यक्षेत्र निर्धारण गरिएको छः

  •  राष्ट्रिय  यातायात विकास र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन ;
  • राष्ट्रिय यातायात पूर्वाधार सञ्जाल र अन्तरप्रादेशिक यातायात विकासको अन्तरसम्बन्ध ;
  • वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन ;
  • राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो रेललगायत रेल प्रणाली , रेल सुरक्षा प्रणालीसम्बन्धी नीति, कानून र मापदण्ड ;
  • राष्ट्रिय तथा अन्तरदेशीय रेल सेवा सन्न्चालन ;
  • रेलसेवा भाडादर तथा महसुल निर्धारणको मापदण्ड र नियमन ;
  • राष्ट्रिय लोकमार्गसम्बन्धी नीति, कानून, मापदण्ड. कार्यान्वयन र नियमन;
  • राष्ट्रिय लोकमार्गअन्तर्गतका आयोजना पहिचान, अध्ययन, निर्माण, मर्मत सम्भार, महसुल र व्यवस्थापन ;
  • राष्ट्रिय लोकमार्गमा फ्रन्टल एक्सेस नियन्त्रण, शाखा सडकको पहुँच विन्दु र सडक सीमाक्षेत्रको व्यवस्थापन र नियमन ;
  • राष्ट्रिय लोकमार्गसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र सूचना प्रवाह ;
  • सडक प्रविधिको विकाससम्बन्धी अध्ययन र अनुसन्धान ;
  • सडक तथा अन्य वैकल्पिक यातायात प्रविधि, लगानी र अन्तर्देशीय यात्रुबाहक यातायात सेवा सन्न्चालन ;
  • राष्ट्रिय लोकमार्गमा सन्न्चालन हुने सार्वजनिक यातायातको रुट अनुमति, भाडा निर्धारण र नियमन ;
  • सवारी साधनहरुको राष्ट्रिय मापदण्ड निर्धारण, नियन्त्रण तथा विस्थापन ;
  • सडक सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमन ;
  • केवलकार, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति कानून र मापदण्ड ;
  • रास्ट्रिय महत्त्वका वैकल्पिक यातायातका आयोजना पहिचान, अध्ययन र विकास ;
  • आधारभूत यातायात नीति र मापदण्ड ;
  • मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्रास्ट्रिय संघसंस्थासंग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय ;
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सन्न्चालन र नियमन ;
  • नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको हाइवे र रेल्वे उपसमूहको सन्न्चालन |