विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा

महाशाखा प्रमूख

सहसचिव (ई.) : श्री भिमार्जुन अधिकारी

विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा:

 

  • बैदेशिक ऋण, अनुदान सहयोग बाट संचालन हुने आयोजनाहरुको योजना तर्जुमा, सम्भाव्यता अध्ययन,  तालिम तथा कार्यन्वयनका विभिन्न पक्षमा सम्बन्धित निकाय तथा महाशाखाहरुबाट राय परामर्श प्राप्त गर्ने, बिदेशी प्रतिनिधिहरु संग सम्पर्क तथा समन्वय गर्ने र सचिवज्यूमा राय पेश गर्ने र निर्देशानुसार MOU सम्वन्धी कार्य गर्ने तथा अन्य महाशाखा तथा बैदेशिक संस्थाहरु  संग समन्वय र लेखापढि गर्ने ।
  • विभिन्न चालु आयोजनाहरु तथा पुरा भइसकेका आयोजनाहरु समेतको तेस्रो पक्षीय परीक्षण (Third Party Audit)  नियमित रुपमा गर्ने गराउने र प्राबिधिक पक्ष र लगानीको प्रभावकारिता पक्ष लगायत समष्टिगत गुणस्तर बारे Feedback एवं सुधारका कारवाहिहरुमा ठोस कदमहरु चाल्न राय परामर्श पेश गर्ने तथा निर्देशानुसार कारवाही गर्ने ।
  • सार्वजनिक निर्माण निर्देशिका (Public Works Directive)  तयार गर्ने र नियमित रुपमा प्रकाशन तथा वितरण गर्ने/गराउने ।
  • निर्माण व्यवसाय बिकास परिषद् र कार्यन्वयन समिति सम्वन्धी काम गर्ने र निर्माण ब्यवसायी विकास ऐन बमोजिमका कामहरु गर्ने/गराउने ।
  • मन्त्रालय अन्तर्गतका सार्वजनिक पूर्वाधार संरचनाहरुको निर्माण संचालन तथा हस्तान्तरण प्रक्रियामा निजि क्षेत्रलाई संलग्न गराउने सम्बन्धी सचिवालयहरुको स्थापना तथा सुदृढीकरण गर्ने, योजना पहिचान तथा अध्ययन गर्ने/गराउने र नेपाल सरकारको स्वीकृत नीति बमोजिमका काम कारवाही गर्न मन्त्रालयको Focal Point को रुपमा काम गर्ने। सार्वजनिक निर्माण कार्यको गुणस्तर तथा पुर्वाधार संरचना सम्बन्धमा आवश्यक अनुसन्धान गर्ने/गराउने तथा मापदण्ड निर्धारण सम्बन्धी गर्ने/गराउने ।
  • सार्वजनिक निजी साझेदारी तथा निजी लगानी सम्बन्धी कार्यहरु गर्ने/गराउने ।
  • उपरोक्त बाहेक बैदेशिक सहयोग तथा ऋण संग सम्बन्धित सबै पक्षमा यस मन्त्रालयको नीति निर्देशन अनुसार अर्थ मन्त्रालय संग सम्बन्धित कार्यमा सम्पर्क महाशाखाको हैसियतले कार्य गर्ने/गराउने ।

 

 

विकास सहायता समन्वय तथा गुणस्तर शाखा:

  • मन्त्रालय अन्तर्गत बैदेशिक सहयोगमा संचालन हुने आयोजना सम्वन्धी नीति निर्धारण सम्बन्धी कार्य गर्ने ।
  • बैदेशिक सहयोगमा संचालन हुने आयोजनाहरुको पहिचान सम्बन्धी कार्य गर्ने ।
  • सार्वजनिक नीजी लगानी सम्बन्धी नीति योजना सम्बन्धी कार्य गर्ने ।
  • निर्माण कार्यको गुणस्तर तथा मापदण्ड निर्धारण र अनुसन्धान गर्ने/ गराउने ।

 

 निर्माण व्यवसाय प्रवर्द्वन शाखा:

  • निर्माण व्यवसाय इजाजत पत्र दर्ता सम्बन्धमा सम्बन्धित निकायमा पेश गर्ने ।
  • इजाजत पत्र नविकरण सम्बन्धी कार्य ।
  • इजाजत पत्रको अद्यावधिक लगत राख्‍ने ।
  • निर्माण व्यसायी कोष सम्बन्धी कार्य गर्ने ।
  • निर्माण व्यवसाय प्रवर्द्वन तथा व्यवस्थापन समिति सम्वन्धी कार्य गर्ने ।
  • निर्माण व्यवसाय सम्बन्धी संघ संस्था संग सम्पर्क एवं समन्वय गर्ने ।