गतिबिधिहरु

मुख्य कार्यहरु:

  • स्थल, जल, रेल्वे तथा रज्जुमार्गको निर्माण र विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन  गर्ने गराउने ।
  • सडक (घोडेटो बाटो बाहेक) तथा पुल (झोलुङ्गे पुल बाहेक) निर्माण, मर्मत संभार एवं संरक्षण सम्बन्धी काम गर्ने ।
  • विभिन्न स्थलमार्ग, जलमार्ग र रज्जुमार्गहरुको निर्माण सम्बन्धी कार्य गर्ने ।
  • भौतिक योजना क्षेत्रहरुका अन्तराष्ट्रिय वा क्षेत्रीय संघ संस्थाहरुसँग सम्पर्क र सहयोग सम्बन्धी कार्य गर्ने ।
  • स्थलमार्ग, जलमार्ग तथा रञ्जुमार्गको निर्माणसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थाहरुको सम्पर्क सम्बन्धी कार्य गर्ने ।
  • नेपाल इन्जिनियरिङ सेवाको हाईवे उपसमूह, सम्बन्धी नियुक्ति, सरुवा, बढुवा शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यता निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी कार्य गर्ने ।