सडक विभाग

श्री  सुशील बाबु ढकाल

महानिर्देशक(ई.), सडक विभाग

 +977-1-5529075
 dgdor@dor.gov.np

वि.सं. २००७ साल भन्दा अगाडी वाटोकाज गोश्वाराबाट सडकको एउटै मात्र लेन भएका ढुङ्गा छापेका भिमफेदी अमलेखगञ्ज सडक, वुटवल भैरहवा सडक, राजधानी र तराईका केही शहरहरुमा इट्टा र ढुंगाले छापेका सडक निर्माण तथा मर्मत कार्य गरिन्थ्यो । वि.सं. २००७ साल पछि वि.सं. २०१४ सालमा सार्वजनिक निर्माण (Public Works Department, PWD) स्थापन भयो । भारत सरकारको सहयोगमा काठमाडौं-भैंसे (भिमफेदी-अमलेखगञ्ज सडकमा पर्ने) सडक निर्माण गरी मोटरबाटो भारतसँग जोडियो । हेटौंडा-नारायणगढ सडक खण्ड वि.सं. २०१५ सालमा निर्माण गरी पूर्व-पश्चिम राजमार्गको मध्य भागमा यातायात संचालन भयो ।
            उत्तर-दक्षिण व्यापारिक मुल बाटोलाई यातायात संचालन गर्ने उद्देश्यले वि.सं. २०१४ सालमा Road Transport Organization (RTO) स्थापन गरियो । RTO योजना PWD अन्तर्गत नभई छुटै योजनाको रुपमा स्थापना भयो । उक्त योजना सफल नभएपछि वि.सं. २०१८ सालमा यो योजना बन्द गरियो।
            वि.सं. २०१८ सालमा सडक विभाग स्थापना भएपछि पूर्व-पश्चिम राजमार्ग निर्माण गर्ने कार्य तर्जुमा भई निर्माण कार्य शुरु भयो । वि.सं. २०२४ सालमा पहिलो दीर्खकालीन सडक योजना तर्जुमा र वि.सं. २०२७ सालबाट राजमार्ग तथा सहायक राजमार्गको अवधारणा अनुरुप सडक निर्माण कार्य अघि बढाइयो । साथै सहायक राजमार्गहरुको निर्माण कार्य तिव्र रुपमा वि.सं. २०३८ सालबाट अघि बढाइयो ।
            वि.सं. २०५१ सालमा मुलुकभर सामरिक महत्वका सडकहरु (Strategic Road Network, SRN) लाई १५ वटा राजमार्ग र ५१ वटा सहायक राजमार्गहरुमा विभाजन गरी सडक विभागबाट निर्माण/मर्मत संभार कार्य अगाडी बढाईयो । सोही समय देखि विभिन्न दातृसंस्थाहरु – एशियाली विकास बैंक, विश्व बैंक र JICA को सहयोगमा सामरिक महत्वका सडकहरुलाई निर्माण/मर्मत संभार गर्ने कार्य अघि बढाईयो ।
            वि.सं. २०५३ साल देखि सामरिक महत्वका सडक (SRN) मा परेका सडकहरुलाई निर्माण/मर्मत संभारको प्रभावकारी रुपमा निरन्तरता दिन प्राथमिक लगानी योजना (Priority Investment Plan, PIP) तथा २० वर्षे सडक योजनाको तर्जुमा गरी कार्य आरम्भ गरियो । वि.सं. २०५८ साल देखि सामरिक महत्वका सडकहरुलाई अझ प्रभावकारी एवं व्यवस्थित गर्न भौगोलिक सूचना प्रणालीमा आवद्ध गरियो ।
            भरपर्दो एवं वातावरण मैत्री राष्ट्रिय सडक संञ्जालको निर्माण तथा स्तरोन्नतीद्वारा यातायात सुविधाको विकास गरी क्षेत्रीय तथा सामाजिक असन्तुलनमा कमी ल्याउन एवं उच्च तथा दिगो आर्थिक वृद्धिद्वारा गरिबी घटाउन/न्यूनिकरण गर्न सहयोग पुर्‍याउने तथा सडक सम्पतिको संरक्षण गरी दिगो, भरपर्दो र सुरक्षित सडक यातायात सेवा सञ्चालन गर्ने उद्देश्य लिई सडक विभागले निरन्तर रुपमा कार्य गर्दै आएको छ । सडक विभाग अन्तर्गतका कार्यालयहरुको विवरण अनुसूची-१ मा दिइएको छ ।
 
For more information