पूर्वाधार निर्माण तथा यातायात महाशाखा

 

        महाशाखा प्रमूख

  सहसचिव (ई.) :  श्री ज्ञानेन्द्र कुमार झा                                                                                                                                                                                                                                                                                                                                              

पूर्वाधार निर्माण तथा यातायात महाशाखा

  • स्थल, जल, रेलवे, रज्जुमार्ग तथा यातायात व्यवस्था सम्बन्धी आयोजनाहरु सम्बन्धित निकाय तथा महाशाखाहरु संग समन्वय गरी आयोजनाको निर्माणमा आवश्यक समन्वयन गर्ने/गराउने ।
  • मन्त्रालय अन्तर्गत चालु रहेका विभिन्न आयोजनाहरुको प्राबिधिक पक्ष र लगानीको प्रभावकारिता सम्बन्धमा तथा आयोजनाको समष्टिगत गुणस्तर बारे Feedback   लिई आवश्यक सुधारका लागि ठोस कदमहरु चाल्न राय परामर्श पेश गर्ने /गराउने ।
  • नेपाल ईन्जिनियरिङ कन्सल्टेन्सि सर्भिसेज, नेशनल कन्स्ट्रक्शन कम्पनी तथा नेपाल मल्टीमोडल ट्रान्जीट र ट्रेड विकास समिति सम्बन्धी आवश्यक समन्वय गर्ने गराउने ।
  • आवश्यकता अनुसार ऐन नियम तथा नीति तर्जुमा तथा हेरफेर गर्नको लागि राय प्रतिक्रिया पेश गर्ने ।
  • नेपाल इन्जिनियरिङ काउन्सिल तथा नेपाल इन्जिनियरङ्ग एसोसियसन सम्बन्धी सम्पर्क समन्वय गर्ने

 

यातायात व्यवस्था शाखा:

  • यातायात सेवा तथा परिवहन व्यवस्थापन तथा संचालन सम्बन्धमा नीति तथा योजना सम्बन्धी कार्यहरु गर्ने ।
  • यातायत व्यवस्था सम्बन्धी निकाय र संस्थाहरु संगको संपर्क र समन्वय गर्ने ।
  • यातायात सेवा व्यवस्थापन सम्बन्धमा अनुगमन र निरीक्षण गर्ने ।
  • स्थलमार्गमा चल्ने सवारी साधनको अभिलेख व्यवस्थापन गर्ने ।
  • वातावरण मैत्री सवारी साधन सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने ।
  • सवारी प्रदुषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कार्य गर्ने ।
  • छिमेकी राष्ट्रहरुसंगको यातायात सेवा सम्बन्धी ।

 

सडक तथा जल यातायात शाखा:

  • स्थलमार्ग, जलमार्ग र  रेल निर्माण सम्बन्धी नीति निर्धारण, अनुगमन, अध्ययन, अनुसन्धानमा समन्वय गर्ने ।
  • नेपाल ईन्जिनियरिङ परिषद् सम्बन्धी कार्य गर्ने ।
  • मल्टीमोडल ट्रान्जीट सम्बन्धित विषयमा माथिल्लो निकायसंग सहयोग लिइ कार्य सम्पादन गर्ने ।

 

रेल्वे  व्यवस्था शाखा:

  • रेलमार्ग निर्माण सम्बन्धी नीति निर्धारण, अनुगमन, अध्ययन, अनुसन्धान समन्वय गर्ने ।
  • रेलमार्ग सम्बन्धी निकाय र संस्थाहरुसँगको सम्पर्क र समन्वय गर्ने ।
  • आवश्यकता अनुसार रेलमार्ग निर्माण तथा सञ्‍चालन सम्बन्धी ऐन, नियम तर्जुमा र हेरफेर सम्बन्धी कार्य गर्ने ।
  • रेलमार्ग सम्बन्धी आयोजनाहरुको पहिचान सम्बन्धी कार्य गर्ने ।
  • रेल सञ्‍चालनको अनुगमन तथा नियमन गर्ने ।