सडक बोर्ड

सडक वोर्ड ऐन, २०५८ अन्तर्गत सडक वोर्ड नेपालको गठन २०५९/०९/१५ मा भएको हो । सडकको मर्मत संभार गराउने, सडकको मर्मत संभार गर्दा लाग्ने खर्चमा न्यूनिकरण गर्ने तथा सडकको मर्मत संभार कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाउने उद्देश्यले यस वोर्डको स्थापना भएको हो । सडक वोर्ड नेपालको कार्यक्षेत्र भित्र सबै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरु, कालोपत्रे भएका सबै सहरी तथा ग्रामीण सडकहरु, न्यूनतम सवारी चाप र स्तर भएका सबै खण्डास्मिथ ग्रामीण सडकहरु र न्यूनतम सवारी चाप र स्तर भएका सबै कच्ची ग्रामीण सडकहरु पर्दछन् । सडक वोर्ड नेपालले प्राथमिकता दिएका ३ प्रकारका सडक मर्मतहरुमा अ) नियमित, पटके आवधिक मर्मत आ) आकस्मिक मर्मत र इ) पुनः स्थापना, पुननिर्माण, स्तर वृद्धि पर्दछन् । सडक मर्मतको लागि छुट्याइएको रकम सामरिक महत्वको सडक संजालको लागि सडक विभाग र स्थानीय सडक सजालको हकमा स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) को संयोजकत्वमा नगरपालिका र जिल्ला विकास समितिबाट कार्यक्रम तयार पारी सम्पन्न हुने गर्दछ ।